दुई ट्रेन एक आपसमा ठोक्किंदा १५ जनाको मृत्यु

बंगलादेशको ब्रह्माणबाडिया जिल्लामा दुई ट्रेन एक आपसमा ठोक्किदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । घटनामा घाइतेको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या अझ बढ्न सक्ने मिडिया रिपोर्टमा जनाइएको छ ।



बंगलादेशको टेलिभिजनले घटना गएराती स्थानीय समय अनुसार राति २ बजेर १५ मिनेटमा चट्गाव जाने उदय एक्सप्रेस र चट्गावबाट ढाका जाने टुर्ना निशिता एक आपसमा ठोकिएका थिए ।

घाइते मध्ये २८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सम्बन्धित समाचार