जेलमा रहेका श्याम परदेशीले बदला लिने भन्दै धम्क्याउँदै

किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्।

कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना दुःख पनि फर्किएलान् भनेर गाउँले त्रसित छन्। यो खबर आजको नयाँ पत्रिकामा छ। ‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ,’ लालन्दबी नगरपालिका २ की फत्मा खातनुले भनिन्।



अहिले पनि परेदशीको मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन्।

सम्बन्धित समाचार