मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

मुक्तिनाथ विकास बैंक  र ट्रयाङ्गकुलिटी स्पा काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरूमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।



मुक्तिनाथ विकास बैंकले देशैभरि रहेका १३३ शाखाहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरि भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तलबहादुर गुरुङ्गले बताए ।

सम्बन्धित समाचार