चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल

फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपालले मंसिर ३ गते कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको होम गेम रहेको उक्त खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानको थिम्पुमा हुने तय भएको छ ।



नेपालसँग खेल्नु अघि कुवेतले आफ्नो घरेलु मैदानमा भएको चाइनीज ताइपेइविरुद्धको खेलमा शानदार जित हात पारेको छ ।

अल कुवेत स्पोट्स स्टेडियममा भएको खेलमा ताइपेइमाथि ९–० गोलको जित हात पारेको छ । जसमा कुवेतका ७ जना खेलाडीले गोल गरेका छन् । ताईपेविरुद्धको प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाईदी र फासल अल अजेमीले एक–एक गोल गरे ।

कुवेतले एक गोल आत्मघाती उपहार पायो ताईपेका चेन वेई चुअनले आत्माघाति गोल गरेका थिए ।

नेपालसँग खेल्न ५ दिन अगाडि ताइपेइविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको कुवेत उच्च मनोवलका साथ भुटान पुग्ने भएको छ । यसअघि कुवेतसँग ७–० गोलले पराजित भएको नेपाल भुटानमा अंक खोस्ने लक्ष्यमा रहेको छ ।

जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ ।

सम्बन्धित समाचार