अवार्ड समारोहमा गायिकाले स्तनमा देखाइन विरोधका नारा

चिलीकी गायिका मोन लाफर्तेले ल्याटिन ग्रेमी शोका क्रममा नांगिएर सरकार विरोधी प्रदर्शनको समर्थन गरेकी छिन् ।

लस भेगासमा आयोजित समारोहमा ३६ वर्षीया गायिका तथा गीतकार मोन लाफर्तेले रेड कार्पेटमा आएर चिली प्रदर्शनका क्रममा प्रहरीको दमनविरुद्ध विद्रोहीको समर्थन गरेकी हुन् ।



रातो कार्पेटमा हिँड्दै गर्दा उनी एक टाउँमा उभिइन् र कालो ज्याकेट खोलिन र आफ्नो स्तन देखाइन् । स्तनमा लेखिएको थियो, ‘चिलीमा बलात्कार र पीडितहरुलाई मारिरहेका छन् । मानिसहरु एक महिनादेखि असमानता र सरकारी उपेक्षाविरुद्ध आन्दोलनरत छन् ।’

यो प्रदर्शनका क्रममा २० भन्दा बढी मानिसको मृत्यु भएको छ । मारिएकामध्ये पाँच जनाको सुरक्षाफौजको कारबाहीका क्रममा मृत्यु भएको हो । सुरक्षाकर्मीले प्रताडना, बलात्कार र हिंसा भड्काएको गम्भीर आरोप छ ।

सम्बन्धित समाचार