सिल्करोड इन्भेस्टमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सिल्करोड इन्भेस्टमेन्ट कम्पनीले दोस्रो वार्षिक साधारण सभा एक कार्यक्रम बिच प्रमुख अतिथि गंगा शर्माको आतिथ्यतामा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिका रुपमा ग्याँस विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, सेयर विश्लेषक इन्द्रप्रसाद लामिछाने, स्थानीय समाजसेवी शिशिर भण्डारी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्दै नगद लाभांश समेत वितरण गरेको थियो ।

सो कम्पनीको कार्यक्रम गल्कोपाखास्थित रारा किचेनको हलमा भएको थियो भने कार्यक्रम संचालन कम्पनीका संचालक सदस्य पुरुषोत्तम लामिछानेले गरेका थिए । आगन्तुक सदस्यलाई निर्मला बस्नेतले स्वागत गरेकी थिइन् ।



प्रमख अतिथि गंगा शर्माले कम्पनीले आफ्नै उत्पादन र आफ्नै साख बनाउन सुझाव दिइन् भने अतिथि चन्द्र थापाले व्यवसायबाट छोटो समयमै ठूलो फड्को मार्न सक्ने विचार व्यक्त गरेका थिए । साथै कम्पनीका अध्यक्षले पैसालाई काममा लगाउन पर्ने नत्र पैसाले हामी आफैलाई काममा लगाउने भएकाले लगानी कर्तालाई लगानीका लागि प्रोत्साहन गरेका थिए ।

अध्यक्षले कम्पनीको चुक्ता पुँजी, जारी पुँजीबारे जानकारी दिँदै आर्थिक वर्ष ७५–७६ को प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी योजनाका बारे पनि जानकारी दिएका थिए ।

सम्बन्धित समाचार