अनु मलिकलाई दिइन् सोना महापात्राले कडा जवाफ

अनु मलिकको ओपन लेटर आएपछि सोना महापात्राले एउटा कडा चिठी लेखिकी छन् जसमा उनले निकै धेरै महिलाहरूको नाम लिएर भनेकी छन् कि अनु मलिकले ती सबैको शोषण गरेका थिए ।

सिङ्गर र म्यूजिक कम्पोजर अनु मलिक निकै समयदेखि मीटू अभियानको कारण यौन शोषणको आरोपको सामना गरिरहेका छन् । हालै उनले यसलाई लिएर आफ्नो प्रतिक्रिया दिएका थिए र भनेका थिए कि यी आरोपहरूका कारण उनले निकै कष्ट पाएका छन् । साथै उनले सबै आरोपलाई झुटा बताएका थिए । उनले यो पनि भनेका थिए कि दुई छोरीको पिताले यस्तो सोच्न पनि सक्दैन । उनले आफू असीम पीडा र कुनै अध्यारोमा भएको पनि बताएका थिए । उनको यो ओपन लेटर माथि सिङ्गर सोना महापात्रा र स्वेता पण्डितले प्रतिक्रिया दिएका छन् ।



सोना महापात्राले अनु मलिकको यस लेटरपछि आफ्नो ट्वीटरमा ओपन लेटर शेयर गर्दै आफू, अलिशा चिनाय, श्वेता पण्डित, नेहा भसिन र केही क्रु महिला सदस्यको तर्फबाट मलिकले गरेको यौन उत्पीडनको बारेमा लेखिकी छन् । सोनाले यस लेटरमा स्पष्ट लेखिकी छन् कि अनु मलिकले यी सबै महिलाहरूलाई शोषण गरेका थिए ।
सोना महापात्राले लेखिकी छन्, “तपाई यसलाई वाहियात आरोप भन्नुभएको छ तर महिलाहरूले व्यक्तिगत रूपले अगाडि आएर आफ्नो कहानी बयान गरेका छन् । दुई छोरीको पिता भन्दैमा केही पनि सावित हुँदैन ।” सोनासँगै श्वेता पण्डितले पनि अनु मलिकको ओपन लेटरको जवाफ दिएकी छन् ।

अनु मलिकले हालै सोनी टीवीको प्रसिद्ध गायन रियलिटी शो इंडियन आइडलबाट वापस आएका थिए । मलिकले यस नोटमा यो कुराको पनि चर्चा गरेका छन् कि जब उनी टीवीमा वापस आए, मानिसहरुले उनलाई आरोप लगाउन शुरु गरे । यस भन्दा पहिला उनी शान्त बसेका थिए तर यी आरोपले उनको क्यारियरलाई कलङ्ंकित बनाउने कोसिस गरिएको छ ।

https://www.facebook.com/sonatheartiste/posts/10156310155691486

सम्बन्धित समाचार