सूर्य अवार्डको लागि चलचित्रकर्मी जापान जाने क्रम शुरू

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को लागि चलचित्रकर्मीहरु जापान जाने क्रम शुरु भएको छ । सरिता लामिछाने, ऋषि लामिछाने लगायत ४ जना आयोजक टोली जापान पुगिसकेको छ । कार्यक्रमको पूर्व तयारीका लागि  भन्दै उनीहरु केहि दिन अगाडि नै जापान पुगेका हुन् । आउँदो नोभेम्बर २३ देखि २६ सम्म जापानको टोकियोमा सुर्य अवार्डसंग सम्बन्धित विभिन्न कार्यक्रम हुन गैरहेको छ । साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताएका छन् ।

आउँदो नोभेम्बर २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको बताए । ‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ लामिछानेले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।



आगामी मंसिर ८ गते जापानमा आयोजना हुन लागेको दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । गत बर्ष ४९ जना कलाकार सहितको जम्बो टोली जापान पुगेर अवार्डलाई भव्य रुपमा सम्पन्न गरिएको थियो । यो बर्ष भने अवार्डमा आधा दर्जन पत्रकार, ५ दर्जन कलाकार र एक दर्जन आगन्तुक समेत उपस्थित हुने अवार्डको मूख्य संयोजक बासुदेव लामिछानेले बताएका छन् ।

यो पटक जम्बो टोलीमा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराई, एपिएफका चिफ शैलेन्द्र खनाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, मह जोडी, निर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, स्वेता खड्का, विजय लामा, नम्रता श्रेष्ठ, दिपा श्री निरौला, दिपेन्द्र लामा, बर्षा राउत, राजेश पायल राई, बुद्धि तामाङ, सन्दिप क्षेत्री, कमल खत्री, टिका प्रसाई, मञ्जु पौडेल, सञ्विज पराजुली, एपिफएका साँस्कृतिक टोलीलगायतका टोली जापान जादैछन् ।

सम्बन्धित समाचार