टाइटानिककी गायिका सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु, के यो सत्य हो ?

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोन हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।

– भाइरल भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ ।
– क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु भएको छ ।
– यो खबरलाई फेसबुकमा पनि सेयर गरिँदैछ ।



के हो वास्तविकता ?
– सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकाशित गरेको छैन ।
– डियोन जीवित छिन् र विमान दुर्घटना जस्तो कुनै पनि घटना घटेको भएको छैन ।
– उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन । यो वेबसाइटको होमपेज पनि छैन ।
– अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन् । केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ । एजेन्सी

सम्बन्धित समाचार