‘मिस्टर नेपाली’ ले पनि दर्शक तान्न सकेन

हुन त नेपालमा फिल्म फ्लप हुनुभन्दा पनि सफल हुनु आश्चर्यजस्तै भएको छ । कति फिल्म त पूरै फ्लप हुन्छन्, पोस्टरको खर्च पनि उठाउन सक्दैनन् । तर, मिडियामा दर्शकको राम्रो प्रतिक्रिया पाएको समाचार छाउँछन् ।

उता फिल्म घाटामा हुँदा निर्माताको ढाड सेकिएको हुन्छ तर पनि फिल्मले भयंकर कमायो भनेर आएका समाचार हेरेर निर्माताले खुशी साटासाट गर्छन् ।



हालै प्रदर्शनमा आएको र भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ पनि अमेरिकामा खुबै रुचाइएको समाचार मिडियामा आयो । अमेरिकामा च्यारिटी शो मा फिल्म रुचाइयो होला पनि । तर, नेपालमा भने फिल्म चलेन ।

नायिका रीमा विश्वकर्माको त राज चलेन नै । कुनै जमानाका स्टार भुवन केसीको पनि कुनै क्रेज देखिएन । फिल्म हलमा आयो, गयो । तर, फिल्म चलेन ।

विदेशमा रहेर पनि नेपालको माया हुन्छ भन्ने देखाउन खोजिएको फिल्मको ‘ट्रिट’ दर्शकलाई मन परेन । अहिले फिल्म राम्रो भएर त हलमा दर्शक नपाइरहेको अवस्थामा अब कामचलाउ फिल्म बनाएर मात्र त कसरी चल्छ ?

सम्बन्धित समाचार