अमिताभको फिल्मबाट निकालिइन् कृति !

बलिवुड अभिनेत्री कृति खरबंदा अहिले एकपछि अर्को सफल फिल्ममा काम गरिरहेकी छन् । हालै रिलिज भएको फिल्म हाउसफुलपछि अहिले फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त रहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार कृतिलाई अमिताभ बच्चनको फिल्मबाट बाहिर निकालिएको छ । अमिताभ र इमरान हासमीको फिल्म चेहेरेबाट कृतिलाई बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।



फिल्मको पहिलो भागको शुटिंग गरेपछि कृतिलाई उनको व्यवहारका कारण निकालिएको बताइएको छ । फिल्मका निर्देशक रुमी जाफरीसँग समेत विवाद भएको र उनले समयमा शुटिंगमा नआउने र अनेकौ माग गर्न थालेपछि उनलाई फिल्मका निर्माताले निकालेको बताइएको छ ।

२०२० को अप्रिलमा रिलिज हुने यस फिल्मका लागि अब नयाँ हिरोइनको खोजि भैरहेको बताइएको छ ।

सम्बन्धित समाचार