युट्युबबाट चम्किएकी रानु मण्डल विवादमा किन?

युट्युबमा लता मंगेसकरको गीत ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी रानु मण्डल विवादमा परेकी छिन् ।

अत्यधिक मेकअप गरेपछि मण्डल विवादमा परेकी हुन् । युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए।



त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी’। यसपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो। उनी सडकबाट स्टेजसम्म पुगिन्।

हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ।

सामाजिक संजाल प्रयोगकर्ताले रानु मण्डलले नसुहाउँदो मेकअप गरेको बताइरहेका छन्। उनी तीव्र आलोचना भइरहेको छ।

सम्बन्धित समाचार