भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गरिन् विवाह

भाइरल तरकारीवाली कुसुम श्रेष्ठले विवाह गरेकी छन् । मसीर ६ गते शुक्रबार उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । फोटोपत्रकार रूपचंन्द्र महर्जनले सन् २०१६ अक्टोवर २८ अर्थात २०७३ साल कार्तिक १२ गते गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेको उनको तस्विर सामाजिक सञ्जाल फेसबुक र टुइटरमा अपलोड गरेका थिए । त्यसको केही घण्टाभित्रै उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यतिखेर उनको तस्विरलाई त्यसको केही महिनाअघि मात्रै भाइरल भएका पाकिस्तानी चियावाला अरशद खानको तस्विरसँग तुलना गरिएको थियो । सञ्जोक त के भने उनीहरू दुवैजना भाइरल हुँदा अठार वर्षमात्र पुगेका थिए ।



फोटोग्राफर जिया अलिले चिया कपमा हाल्न खोज्दै गर्दाको खानको तस्विर सामाजिक सञ्जाल टुइटरमा अपलोड गरेको केही समयपछि नै भाइरल हुन पुगेको थियो । खानको निलो आखाँका कारण पनि उनीप्रति धेरै मानिसहरू आकर्षित भएको कतिपयको बुझाइ छ ।

त्यसपछि एकाएक मोडलको रूपमा सेलीब्रेटी हुन पुगेका खानले चलचित्र खेल्ने अवसर पनि पाए । मुस्लिम परिवारका खान परिवारिक दबाब आउन थालेपछि अहिले भने अप्ठेरोमा परेका छन् । उनी अहिले आफुले पहिलेदेखि गर्दै आएको चिया पसललाई नै निरन्तरता दिने निष्कर्षमा पुगेका छन्र।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि श्रेष्ठलाई ,चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थुप्रैले गरेका थिए । उनी नेपाल, भारत लगाएत बिबिसी जस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा छाएकी थिइन् ।

फलस्परूप उनलाई ‘लम्फु’ चलचित्रमा अभिनय गर्ने अवसर पनि पाइन् तर त्यसले सोचेजस्तो व्यापारिक सफलता भने पाउन सकेन । उनले म्युजिक भिडियो समेत गरेकी छिन् ।

यसरी रातारात विश्वभर चर्चित बनेकी कुसुम अहिलेभने गुमनाम जस्तै छिन् ।

सम्बन्धित समाचार