सेरहरूले ततायो महफिल

सर्वनामको प्रस्तुति गजलवाचन शृङ्खला महफिलको २३ औं शृङ्खला शनिवार सम्पन्न भएको छ । दर्शकहरूको बाक्लो सहभागिता रहेको महफिलमा गजलकार विमला दाहाल र बासु पुष्पा अधिकारीले गजल प्रस्तुत गरेका थिए ।

गजलकारद्वयले गजलका सेरहरू सुनाउदा दर्शक दीर्घाबाट सहभागीहरूले वा वा र वान्स मोर भन्दै समर्थन र सम्मानमा ताली बजाएर माहौल नै तताएका थिए । एक चरणमा तीन तीन गजल सुनाएका गजलकारहरूले तीन चरणमा नौ र थप एक एक गरी दश दश गजल सुनाएका थिए । साथै, उक्त कार्यक्रममा रूपेश श्रेष्ठको कविता कृति ‘घिताङ घिसी ट्वाक’ र सुशीला पाैडेलकाे उपन्यास ‘तृषा’ को पुस्तक चर्चा पनि गरिएको थियो ।



महफिलको अब आउने २४ औं शृङ्खला (माघ ४) मा गजलकार ईश्वर दाहाल र अमला अधिकारीलाई उभ्याइने सञ्चालक बाबु त्रिपाठीले बताए । महफिल हरेक दुई महिनामा महिनाको पहिलो शनिवार काठमाडौंको सर्वनाम थियटरमा हुँदै आएको छ ।

सम्बन्धित समाचार