

अस्ट्रेलियाले पाकिस्तानलाई जारी टेस्ट खेलमा पराजित गरेको छ । अस्ट्रेलिया टुरमा रहेको रहेको पाकिस्तानले टेस्ट सिरिजको पहिलो खेल अस्ट्रेलियासँग ५ रन र इनिंगले पराजित भएको छ ।
खेलको चौथो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा ३३५ रनमा अल आउट भएपछि अस्ट्रेलियासँग इनिंग र ५ रनले पराजित भएको हो ।
पहिलो इनिंगमा २४० रनमा अल आउट भएको पाकिस्तान दोस्रो इनिंगमा ३३५ रन बनाएको थियो । त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा ५८० रन बनाएको थियो ।
पाकिस्तानले दोस्रो इनिंगमा बाबर आजमको १०४ र मोहमद रिजवानको ९५ रनको मद्धतले ३३५ रन बनाएको थियो ।
पाकिस्तानलाई अल आउट गर्न अस्ट्रेलियाका बलर जोस हजलवूडले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै मिचेल स्टार्कले ३ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्सले २ विकेट लिए भने नाथन लियोनले एक विकेट लिएका थिए ।
यस खेलमा अस्ट्रेलियाका १८५ रन बनाएका मार्नस लाबुसचाँगे खेलको प्लेयर अफ द म्याच बनेका छन् ।
टेस्ट च्याम्पियनसिप अन्तर्गतको यो सिरिजको २ खेलमा अस्ट्रेलिया १(० ले अगाडी भएको छ ।
