मराठा र डेक्कन टी-१० लिगको फाइनलमा

आबुधाबीमा जारी टी-१० लिगको फाइनल खेल मराठा अरेबियन्स र डेक्कन ग्लाडीयटर्सबीच हुने भएको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा डेक्कनले क्वालन्दर्सलाई १२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । डेक्कनले दिएको ११७ रनको लक्ष्य पछाएको क्वालन्दर्स १० ओभरमा ४ विकेट गुमाउदै १०४ रन मात्र बनाएपछि डेक्कन १२ रनले विजयी हुदै फाइनलमा पुगेको हो ।

अब प्रतियोगिताको फाइनल खेल डेक्कन र मराठा अरेबियन्सबीच हुने छ । मराठा शनिबार नै सम्पन्न पहिलो क्वालिफायरमा क्वालन्दर्सलाई पराजित गरेर फाइनलआमा पुगेको थियो । फाइनल खेल आज राति नेपाली समय अनुसार ९:४५ मा हुने छ ।



त्यस्तै क्वालन्दर्स र इलिमिनेटरमा पराजित टिम बंगला टाइगर्सबीच आजै तेस्रो स्थानका लागि खेल हुने भएको छ ।

सम्बन्धित समाचार