हङकङको चुनावमा प्रजातान्त्रिक पक्षधरको बहुमत

हङकङमा सम्पन्न जिल्ला परिषद्को चुनावमा प्रजातान्त्रिक पक्षधरहरुले बहुमत प्राप्त गर्ने भएको छ । प्रारम्भिक नतिजामा प्रजातान्त्रिक पक्षधरहरुले २७८ धेरै सिट जित्दा चीन पक्षीय उम्मेदवारले जम्मा ४२ सिटमा जित हासिल गरेको बीबीसीले जनाएको छ ।

लामो समयदेखि जारी प्रजातान्त्रिक आन्दोलनका बाबजुद हिजो शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो। हिजो भएको निर्वाचनमा हङकङको इतिहासमा पहिलो पटक ७२ प्रतिशत मतदान भएको जनाइएको छ । जिल्ला परिषदको निर्वाचनलाई आन्दोलनकारीहरुले हङकङले चीनप्रतिको वितृष्णा व्यक्त गर्ने अवसरका रुपमा लिएका थिए ।



यस निर्वाचनबाट चीनले हङकङका नागरिकको मनोभाव थाहा पाउने भन्दै सबै मतदातालाई मतदानमा सहभागी हुन आन्दोलनकारीले आग्रह गर्दै आएका थिए । जिल्ला परिषद्को चुनावले हङकङको प्रमुख कार्यकारी प्रमुख चयनमा समेत प्रभाव राख्ने भएकाले यो चुनावालाई महत्वपूर्ण मानिएको हो ।

७४ लाख जनसंख्या रहेको हङकङमा ४१ लाख मतदाता रहेका छन् । जसमध्ये २९ लाख मतदाताले मताधिकार प्रयोग गरेका छन् । यसअघि सन् २०१५ को चुनावमा साढे ७ लाख मतदाताले मतदान गरेका थिए ।

सम्बन्धित समाचार