बुधबार शुरु भएको १३ औं दक्षिण एशियाली खेलुकद ९साग० मा नेपालले जितका साथ प्रतियोगिता शुरुआत गरेको छ। बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले महिला भलिबलमा बंगलादेशमाथि शानदार जित निकालेको हो।
दशरथ रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा नेपाली महिला खेलाडीले बंगलादेशलाई सोझो सेटमै पाखा लगाए। पहिलो सेटमा २५( को नतिजा निकालेको नेपालले दोस्रो सेटमा २५(९ को जित हात पार्यो।
नेपालका लागि प्रतिभा माली, अरुणा शाही, सरस्वती चौधरीलगायतले उत्कृष्ट प्रदर्शन गरेको छ। बुधबारै नेपाल र बंगलादेशबीच पुरुष भलिबल पनि हुनेछ।