नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।
मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति जारी गर्दै विभिन्न सुविधासहित व्यक्तिगत र संस्थागत उपलब्धि खाता खोल्न सकिने योजना सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ– पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ-संस्था, विभिन्न व्यापार-व्यवसायका छाता संगठनहरू, प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ-संस्था तथा विषयगत सहकारी संघ-संस्थालगायत अन्य संघ-संस्थालाई लक्षित गरी ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धि खाताअन्तर्गत न्युनतम मौन्दात रु १,००० मा कुनै पनि माथि उल्लेखित संघ-संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ-संस्थाका सञ्चालक समितिका सदस्यहरू, साझेदार, प्रोइपाइटरहरूका लागि ७ लाखकोे दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रूपमा प्रदान गरिने छ । मुक्तिनाथ संस्थागत उपलब्धि चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने छ ।
साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत न्युनतम मौन्दात रु १०० मा संस्थाका सम्पूर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरूका लागि रु ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा मुख्य विषेशताका रूपमा प्रदान गरिने छ । यसका साथै, कुनै पनि संघ-संस्थामा कार्यरत कर्मचारीहरूलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाखमध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी) विना धितो कर्जा सुविधा प्रदान गरिने छ । यस व्यक्तिगत उपलब्धि बचत खाताअन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्कमोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिजा डेभिट कार्ड प्रदान गरिने छ ।
यस योजनाअन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धि खाता भएका संघ-संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरूले मात्र व्यक्तिगत उपलब्धि बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरूबाट लिन सकिने बैंकबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।