अन्तर्वार्तामै रणवीरले गरे दीपिकालाई चुम्बन, भिडियो भाइरल !

दीपिका पादुकोण र रणवीर सिंहको बिहे भएको एक वर्ष भइसकेको छ । बिहेअघि पनि यो जोडी झण्डै ६ वर्ष प्रेममा थिए । रणवीरले कतिपटक त भनिसकेका छन्, दीपिकालाई पत्नीका रुपमा पाउँदा उनी कति खुशी छन् ।

यी दुईको यो माया एक अन्तर्वार्ताका क्रममा पनि देखियो । अन्तर्वार्ताका क्रममा दीपिकालाई रणवीरले किस गरिदिएपछि अन्तर्वार्ताकारले नै यसो नगर्न भन्दै आग्रह गरे ।



हालै दीपिका, आलिया भट्ट, रणवीर सिंह, आयुष्मान खुराना, मनोज बाजपेयी, विजय लगायतको कलाकार टिम फिल्म क्याम्पेनिङका लगि अन्तर्वार्तामा गएका थिए ।

अन्तर्वार्तामा होस्ट अनुपमा चोपडा र विजय सेतुपति एकसाथ देखिए । अनुपमाको प्रश्नमा आलिया केही बोल्दै थिइन् । यत्तिकैमा दीपिकालाई रणवीरले काँधमा चुम्बन गरिदिए ।

रणवीरले यसो गरेपछि अन्तर्वार्ताकारले त्यसो नगर्न आग्रह गर्छिन् । आयुष्मान बीचैमा बोल्छन्, ‘यो त गाह्रो हो त ।’ यसपछि सबै हाँस्न थाल्छन् । दीपिका पनि हाँस्छिन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानले भिडियोमा विभिन्न खाले कमेन्ट गरेका छन् ।

सम्बन्धित समाचार