अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बिहीबार अफगानिस्तान पुगेका छन् । थैक्सगिविग डेको मौका पारेर ट्रम्प अफगानिस्तानमा तालिबानसँग लडाई गरिरहेका अमेरिकी सैनिकहरुलाई धन्यवाद दिन पुगेका हुन् । यो उनको पहिलो अफगानिस्तान भ्रमण रहेको छ ।
ट्रम्प प्रशासनका तर्फबाट अफगानिस्तान जाने विषयमा औपचारिक घोषणा भएको थिएन । सुरक्षाका कारण अफगानिस्तानका राष्ट्रपति अशरफ गनीलाई समेत ट्रम्प आएको जानकारी उनी अवतरण भएको केही समय अघि मात्र बताइएको थियो ।
अमेरिकामा नोभेम्बरको चौथो बिहीबार थैक्सगिविग डेका रुपमा मनाउने गरिएको छ । अहिले अमेरिकामा सार्वजनिक बिदा छ ।
यसमा साथीभाई, परिवारका सदस्य बीच शुभकामना आदान प्रदान दिने गरिन्छ । सन् १७८९ मा कांग्रेस ९अमेरिकी संसद० को आग्रहपछि यस दिनलाई पहिलो राष्ट्रपति जार्ज वांशिगटनले थैंक्सगिविग डे मनाउन सुरुआत गरिएको थियो ।