उत्तर कोरियाले पहिचान नभएको एक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तरले पहिचान नभएको एक मिसाइल प्रक्षेपण गरेको हो ।
उत्तर कोरियाले बिहीबार मध्यान्ह प्रक्षेपण गरेको मिसाइल दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको हो । मिसाइल परीक्षण भए(नभएको पहिचान भने भएको छैन । यदी मिसाइल पहिचान भए मे महिनायता यो १३ औं मिसाइल परीक्षण हुनेछ ।
अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तरले अर्को प्रक्षेपण गरेको हो ।
त्यसो त हालै उत्तरका नेता किम जङ उनले अमेरिकासँग वार्तामा कुनै इच्छा नभएको प्रतिक्रिया दिएका थिए ।
बिहीबार मात्रै अमेरिकामा ‘थ्याङ्सगिभिङ’ मनाइरहँदा उत्तरले चेतावनीको रुपमा प्रक्षेपण गरेको टिप्पणी अन्तर्राष्ट्रिय मिडियाको छ ।