किन भयो दबंग-३ को गीत विवादमा ?  के यो साँच्चीकै बहिष्कार हुन्छ ?

बलिवुडका सुपरस्टार सलमान खानको अहिले सामाजिक संजालमा विरोध भईरहेको कुरा भाइरल भईरहेको छ । सामाजिक संजालमा साधु सन्तको अपमान गरेको भन्दै सलमानको नयाँ फिल्म दबंग-३ को ‘हुड हुड दबंग’ बोलको गीत बहिष्कार गर्ने अभियान चलाइएको छ ।

सलमान खानको फिल्म दबंग-३ यही डिसेम्बरको अन्तिम साता रिलिज हुँदै छ । रिलीज अगाडि दबंग-३ को ‘हुड़ हुड़ दबंग।।’ गीतले विवाद सिर्जना गरेको छ । अहिले सामाजिक संजाल ट्विटरमा यही गीतको विषयलाइ लिएर ३बाइकटदबंगथ्री ट्रेन्डिंगमा रहेको छ ।



यस वर्षको सर्वाधिक प्रतिक्षित फिल्म मध्येको एक दबंग-३ हेर्न सलमानका फ्यानहरु आतुर रहेको बेला फिल्म विवादमा परेको हो । हिन्दु जन जागृति समितिले उक्त गीतमाथि आपत्ति जनाउँदै यसलाई हटाउन माग गरेको छ । गीतमा साधु-सन्तलाई नाचेको र गाएको देखाइएको कारण सो समितिले गीतको विरोध गरेको बताएको छ । यसले धर्मको अपमान भएको आरोप लगाइएको छ ।

प्रभुदेभाद्वारा निर्देशित दबंग-३ सलमान खान फिल्म्सको ब्यानरमा बनेको छ। यो फिल्ममा सलमान खानको साथमा सोनाक्षी सिन्हा, किच्चा सुदीप र साई मान्जरेकर जस्ता कलाकार मुख्य भूमिकामा देखिन्छन् ।

फिल्म २० डिसेम्बर २०१९ मा रिलिज हुँदैछ भने हिन्दीसहित अन्य तीन भाषामा रिलिज हुँदैछ ।

सम्बन्धित समाचार