के अमिताभ साँच्चै रिटायर्ड हुँदैछन् त ?

बलिउडमा ५० औँ वर्षसम्म एकछत्र राज गरेका महानायक अमिताभ बच्चनले अब चलचित्र क्षेत्रबाट बाहिरिने बताएका छन् । उमेरले ७७ औँ वर्ष पुगिसकेका अमिताभले आफ्नो ब्लगमा यस क्षेत्रबाट ब्रेक लिने संकेत गरेका छन् ।

उनले सन् १०६९ नोभेम्बर ७ बाट ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला टेकी गत नोभेम्बर ७ मा बलिउडमा ५० वर्ष पूरा गरेका थिए ।



केही समयदेखि अमिताभ बच्चन बिरामी हुँदै आइरहेका छन्। फोक्सोमा आएको समस्याको कारण उनले धेरै पटक ‘कौन बनेगा करोडपति’ को शुटिङ नै रोकिएको थियो । त्यस्तै, उनको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ को शुटिङको क्रममा समेत उनी बिरामी परेका थिए।

उनी पछिल्लो समयमा शुटिङको दौरान होस् वा अन्य कार्यक्रमको समयमा होस् स्वास्थ्य समस्यासँग जुधिरहेका हुन्छन्। उनले लेखेका छन्, ‘ मलाई लाग्छ मैले अब रिटायर हुनुपर्छ। दिमागले अर्कै सोच्छ अनि औंलाहरु अर्कै यो संकेत हो।’

उनले सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष फिल्मबाट बाहिर रहेर काम गरेका थिए। फेरि सन् १९८८ मा फिल्म ‘शहंशाह’ मार्फत चलचित्र क्षेत्रमा उनी फर्किए। यसैगरी, सन् १९९२ मा ‘खुदागवाह’ को रिलीजपछि उनले फेरि पाँच वर्षको ‘रिटायर लाइफ’ बिताएका थिए।

पछिल्लो समय उनी व्यस्त रहेका शोहरुमध्ये ‘कौन बनेगा करोडपति –११’ को शुटिङ सकाएका छन्। उनी पुनः ‘ब्रम्हस्त्र’ को शुटिङमा व्यस्त छन्। भारतीय फिल्मी जगतमा ७५ वर्ष कटिसक्दा पनि निकै सक्रिय भएर फिल्मी जगतको साथै टेलिभिजनमा पनि काम गरेका अमिताम हालसम्मका एक मात्र कलाकार हुन् भन्दा अत्युक्ति नहोला ।

सम्बन्धित समाचार