१३ औं दक्षिण एसियाली खेलकुद ९साग० को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ ।
तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।
सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।
यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।
यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।