फ्रोजन-२ मा प्रियंका र परिणीतिको जादु, अरु कुन-कुन कलाकारले दिएका छन् आवाज ?

बलिउड र हलिउडको सधैँ राम्रो सम्बन्ध रही आएको छ। हिन्दी फिल्म र स्टार्सहरुलाई हलिउडमा निकै रुचाइएको पनि छ। हलिउड फिल्मको राम्रै दर्शक भएको कारण बलीवुडका कलाकारहरुले हलिउडको लागि आफ्नो आवाज दिएका छन्।

प्राय हलीउड फिल्म आफ्नो हिन्दी दर्शकको लागि पनि रिलिज गरिएको हुन्छ। त्यसमा आवाज भने हिन्दी फिल्मका कलाकारको हुन्छन्। अंग्रेजी फिल्ममा आफ्नो आवाज दिएका कलाकारहरुस्



प्रियंका चोपडा- परिणीति चोपडा

हालै रिलीज फिल्म फ्रोजन(२ दर्शकहरुलाई निकै मन परेको छ। फ्रोजन एनिमेसन फिल्म हो र यसको मुख्य पात्र एल्सा र आना को आवाज बलीउडका दिदि(बहिनीको जोडी, प्रियंका चोपडा र परिणीति चोपडाको हो। प्रियंका र परिणीतिले अहिले सम्म ठुलो पर्दामा संगै काम गरेका छैनन् तर यस फिल्ममा भने संगै आवाज दिएका छन्।

शाहरुख खान-आर्यन खान

डिज्नीको फिल्म ‘द लायन किङ्ग’ को हिन्दी संस्करणमा बलीवुडका बादशाह शाहरुख खानले आफ्नो आवाज दिएका छन्। शाहरुखले यसमा ‘मुफासा’ नामको पात्रको लागि आफ्नो आवाजको जादु चलाएका छन्।

शाहरुख संग उनका छोरा आर्यनले पनि आफ्नो आवाज दिएका छन्। फिल्ममा पनि उनीहरुले बाबु-छोराको भूमिका निभाएका छन्। आर्यनले मुफासाको छोरा सिम्बाको लागि आफ्नो आवाज दिएका छन्। यस बाहेक शाहरुखले फिल्म ‘द इन्क्रेडिबल्स’ को हिन्दी भर्जनमा पनि आफ्नो आवाज दिएका छन्।

रणवीर सिंह

बलिवुड अभिनेता रणवीर सिंहको बलीवुड देखी हलिवुड सम्म फ्यान फलोइङ्ग छ। सन् २०१८ मा रिलिज भएको फिल्म डेडपूल-२ अभिनेता रणवीर सिंहले आवाज दिएको कारण लोकप्रिय भएको थियो। रणवीरले फिल्मको लिड क्यारेक्टर रेयान रेनल्ड्सको लागि आफ्नो आवाज दिएका थिए।

अर्जुन कपूर

अभिनेता अर्जुन कपूर पनि यसमा संलग्न छन्। अर्जुनले हलीवुडको एनिमेशन फिल्म ‘आइस एजस् कोलिजन कोर्स’ मा आफ्नो आवाजको जादु चलाएका थिए। अर्जुनले ‘बक’ पात्रको लागि आफ्नो आवाज दिएका हुन्।

ओम पुरी

ओम पुरीले फिल्म ‘द जंगल बुक’ मा आफ्नो आवाजले सबैलाई मन्त्रमुग्ध बनाएका थिए। ओम पुरीले यस फिल्मको हिन्दी संस्करणमा ‘बघीरा’ को लागि आफ्नो आवाज दिएका थिए। ओम पुरीको आवाज बघीराको रोलको लागि पुरै सुहाएको थियो।

सम्बन्धित समाचार