तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बु मादेनले स्वर्ण पदक जितेकी छन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको प्रतिस्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितेकी हुन् ।
भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाए ।