१३ औं साग अपडेट : १७ स्वर्णसहित नेपाल शीर्षस्थानमा

काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपालले १७ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो ।

सोमबार बेलुकीसम्म कराँते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जितेका छन् । १७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाएकी हुन् ।



नेपालले अहिलेसम्म १७ स्वर्ण, ३ रजत र ८ कास्य गरी २८ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

नेपालले जितेका पदक र खेलाडीहरुको नामावली

स्वर्ण पदक विजेत खेलाडी

कराँते (७ स्वर्ण पदक)

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष०)-  मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि- विप्लवलाल श्रेष्ठ
५० किलो- लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)- अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३-२९ वर्ष एकल)- पार्वती गुरुङ
पुम्से (२३-२९ वर्ष एकल)- कमल श्रेष्ठ
पुम्से (१७-२३ वर्ष एकल)- सिना मादेन लिम्बु
पुम्से (महिला समूह) २३-२९ वर्ष- निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७-२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना

ट्रायथलन

सोनी गुरुङ

उसु

विजय सिञ्जीली

सुस्मिता तामाङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)- चन्चला दनुवार
कराते (८४ किलोमुनि)- दिवश श्रेष्ठ
तेक्वान्दो (१७-२३ वर्ष)- कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (८ पदक)

तेक्वान्दो पुम्से पुरुषतर्फ (२३वर्षमाथि- कमल श्रेष्ठ, जित बहादुर बोट, प्रेम बहादुर लिम्बु
तेक्वान्दो पुम्से पुरुष टिम (१७-२३ बर्षसम्म) शिसिर श्रेष्ठ, अस्मीन राउत, दिपेन्द्र गुरुङ
तेक्वान्दो पुरुष -२९ बर्षमाथि रेजिन रिमाल
पेयर पुम्से (१७-२३ बर्षसम्म) अस्मिन राउत, सिना लिम्बु मादेन
पेयर पुम्से (२३-२९ बर्षसम्म) जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलन – वसन्त थारु
ब्याडमिन्टन पुरुष टिम इभेन्ट्स र महिला टिम इभेन्ट्स

सम्बन्धित समाचार