सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी

विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे ।

शरणले नेपाली पक्ष राजनीतिक खपताका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डियन एक्सप्रेस’ मा लेखमार्फत लगाएका थिए । उनको आलेखलाई राष्ट्रसंघका प्रतिनिधिसमेत भएका आचार्यले खण्डन गरेका हुन् । आचार्यले उक्त अभिव्यक्त झुटो रहेका बताएका छन् ।



यता, भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतवासी नेपालीले लण्डनमा प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेको आह्वानमा लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो, भनेर अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार