मुक्तिनाथ विकास बैंकले एक विज्ञप्ति प्रकाशित गरी नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको समयोचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको जनाइएको छ ।
यस अभियानमा हालसम्म बैंकको मोवाइल बैंकिङ्गमार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरूले नेपाल टेलिकम, एनसेन, स्मार्ट सेलका मोबाइलमा टप–अप गर्दा पहिलोपटक टप–अप गरेका रकमको २० प्रतिशत रकम ‘क्यास व्याक’ का रूपमा प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यो अभियान २०७६ मंसिर १५ गतेदेखि लागु भई २०७६ फाल्गुन १४ गतेसम्म संचालन हुने बैंकले जनाएको छ । हालसम्म मुक्तिनाथ विकास बैंकबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरूले यो फाइदा लिन सक्ने तथा यसबाट ग्राहकहरूले मोवाईल रिर्चाज कार्ड किन्ने झञ्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले विज्ञप्तिमार्फत् बताएका छन् ।