जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २५ स्वर्ण जितिसकेको छ । आज (बुधबार) भएकाे २ प्रतिष्पर्धामा २ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २५ पुर्याएको हो ।
करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक दिलाएकी छन् । उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा हराउँदै स्वर्ण हात पारेकी हुन् ।
त्यस्तै आजै भएको उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।
त्यस्तै नेपालले १२ कास्य पदक जितेको छ भने रजत पदकको संख्या ९ छ ।
यसअघि मंगलबारसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको थियो ।