सुडानमा सिलिन्डर विष्फोट, २३ जनाको मृत्यु

अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन् ।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।



घटनाको भएको बेला ५३ जना भारतीय कामदार कारखाना तथा आवास क्षेत्रमा रहेको बताइएको छ। विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार