सलमान र सनी इन्टरनेटमा धेरै खोजिने सेलिब्रेटी !

बलिवुड सुपरस्टार सलमान खान र सनी लियोनी भारतमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी बनेका छन् । याहु इंडियाले जारी गरेको सुचीमा सलमान र सनी सबै भन्दा अगाडी रहेका हुन् ।

यस सुचिमा पुरुषतर्फ अमिताभ बच्चन र अक्षयकुमार दोस्रो स्थानमा रहेका छन् ।



महिलातर्फ प्रियंका चोपडा र दीपिका पादुकोनले टप १० भित्र आफ्नो ठाउँ बनाएका छन् ।

याहूले जारी गरेको सूचिमा आमिर खानको फिल्म दंगल र सलमान खानको फिल्म बजरंगी भाइजानलाई यस दशककै ब्लक बस्टर फिल्म घोषणा गरिएको छ ।

त्यस्तै अभिनेता ऋतिक रोशनलाई २०१९ को स्टाइल आइकनको उपाधि दिइएको छ भने अभिनेत्री सारा अली खानलाई महिला स्टाइल आइकनको उपाधि दिइएको छ ।

सम्बन्धित समाचार