भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा

र्‍यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले निर्देशन गरेका हुन् भने सुरज दर्लामी मगरले खिचेका हुन् ।



यो गीत युट्युबमा नेपालको ट्रेन्डिङ नम्बरमा १ मा परेको छ । पछिल्लो समय चर्चामा रहेका भिटेनले यसअघि फिल्म ‘सरौतो’ को एक गीत गाएका थिए ।

हालै सार्वजनिक गरिएको गीतमा दर्शकले मन परेको कमेन्ट गरेका छन् । छाडा शब्द प्रयोग नगरी भिटेनले गीत गाएको भन्दै फ्यानले धन्यवाद समेत भनेका छन् ।

सम्बन्धित समाचार