एक खाद्य भण्डारमा आगलागी हुँदा ३५ जनाको मृत्यु

भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ ।



घाइतेको लोक नायक अस्पतालमा उपचार गरिँदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो ।

आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए । आगलागी विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ ।

बेकरीको माथिल्लो तलामा आगो लागेको थियो जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो । दिल्ली फायर सर्भिसका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र बचाउ कार्यमा खटिएका थिए ।’- (एजेन्सी)

सम्बन्धित समाचार