सरकार विरोधी प्रदर्शनमा ८ लाख मानिस सडकमा आए

हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्‍यालीका लागि अनुमति दिएको थियो ।

आयोजकका अनुसार यो र्‍यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए । तर प्रहरीले भने १ लाख ८३ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताएको बीबीसीले जनाएको छ ।



र्‍याली अघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गरेको थियो र एक हातेगत फेला पारेको दाबी गरेको थियो । एक विवादित सुपुर्दकी विधेयकलाई लिएर गत जुन महिनामा यहाँ प्रदर्शन शुरु भएको थियो र पछि यो सरकार विरोधी प्रदर्शनमा परिवर्तन भएको थियो ।

शनिवार सरकारले एक विज्ञप्ति जारी गर्दै शान्ति कायर गर्न अपिल गरेको थियो र भनेको थियो कि उसले सहानुभूतिका साथ मानिसका कुरा सुन्ने र आलोचना स्वीकार गर्ने जनाएको थियो ।

सम्बन्धित समाचार