साग मेडल अपडेट : अहिलेसम्म कुन कुन देशले कति पदक पाए ?

जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आइतबार थप २ स्वर्ण पदक जितेर कुल ४५ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८, बुधबार ६ स्वर्ण र विहिबार ७ पदक, शुक्रबार ५ स्वर्ण र शनिबार २ स्वर्ण पदक जितेको थियो ।

नेपालका लागि शनिबार पौडी र जुडोमा एक एक स्वर्ण पदक थपिएका हुन् । नेपालका लागि पौडीको ४ सय मिटर फ्रीस्ट्यालमा गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् । यो सँगै गौरिकाले यस सागमा तेस्रो स्वर्ण पदक जितेकी छन् । गौरिकाले ४ सय मिटर फ्रीस्टाइल ४ मिनेट २५.२८ सेकेन्डमा पार गरेर भारतीय खेलाडीलाई पछाडी पार्दै स्वर्ण पदक जितेकी हुन् ।



गौरिकाले आइतबार एक स्वर्ण र एक रजत पदक जितेर यस सागमा आफ्नो पदक संख्या ६ पुर्याएकी छन् । गौरिकाले अहिलेसम्म ३ स्वर्ण पदक जितेकी छन् भने २ रजत र एक काश्य पदक जितेकी छन् ।

त्यस्तै आइतबार जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण पदक जितेकी छन् । यस सागमा देविकाले जुडोमा जितेको यो पहिलो स्वर्ण हो ।

त्यस्तै पदक तालिकामा नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ काश्य पदकसहित कुल १६४ पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतले अहिलेसम्म १३२ स्वर्ण पदक, ७८ रजत र ४२ काश्य पदक जितेर कुल २४८ पदकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै श्रीलंका ३४ स्वर्ण, ६६ रजत र ९३ काश्यसहित कुल १९३ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

त्यसै गरि पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित कुल १०५ पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेशले ८ स्वर्ण २८ रजत र ६६ कास्यसहित कुल १०२ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।

त्यसै गरि माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ९ कास्यपदक जितेको छ ।

सम्बन्धित समाचार