को भइन् यस वर्षको मिस युनिभर्स ?

एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी ९मिस युनिभर्स०को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छन् ।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् ।



“म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित यस भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् ।

फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

सम्बन्धित समाचार