१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ ।
नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् ।
बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।