बैंकिङ प्रणाली ह्याक गरी ‘भारी’ रकम चोरी गर्न प्रयास गर्ने व्यक्ति पक्राउ

विगत केही समयमा बैंकिङ प्रणाली ह्याक गरी रकम चोरी भएको घटना सामुन्ने आइरहेको थियो । फेरि पनि यसैगरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको जनाए ।



थापाका अनुसार पक्राउ पर्ने तीनै जना नेपाली हुन् । तर उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ ।

महाशाखाले पक्राउ परेकाहरुबारे जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।

सम्बन्धित समाचार