गुगल सर्चमा कबीर सिंह शिर्ष स्थानमा

बलिवुडमा यस वर्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च लिष्टमा समेत नम्बर एक रहेको छ ।

सन् २०१९ सकिन लाग्दा गुगलले जारी गरेको सर्च सुचीमा कवीर सिंह नम्बर एकमा रहेको हो । कवीर सिंहले हलिवुड फिल्म अवेंजर्स एण्ड गेमलाई समेत पछि पर्दै शिर्ष स्थानमा रहेको छ । भारतीय बक्स अफिसमा २७९ करोड कमाई गरेको यो फिल्म तेलुगु फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो ।



कवीर सिंहपछि दोस्रो स्थानमा अवेंजर्स एण्ड गेम दोस्रो, जोकर तेस्रो र क्याप्टेन मार्वेल चौथो रहेको छ । त्यस्तै सुपर ३० पाँचौ र मिशन मंगल गुगलको सर्च सुचिमा छैठौं रहेको छ ।

सम्बन्धित समाचार