क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्न चाहेको बताएका छन् । रियल म्याड्रिडमा ९ बर्ष खेलेका रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा आफु रियलविरुद्ध खेल्न चाहेको बताएका हुन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टस पुगेपछि बोल्दै रोनाल्डोले आफु आफ्नो इन्जुरीको समस्याबाट बाहिर आएको बताएका छन् ।
अब अन्तिम १६ को ड्र मा युभेन्टस र रियल एक अर्काविरुद्ध पर्ने सम्भावना देखिएको बेला रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन् । युभेन्टस अब अन्तिम १६ मा टोटनह्याम, रियल म्याड्रिड, चेल्सी, लियोन, डोर्टमण्ड र एटलेटिको म्याड्रिड मध्ये एक टिमसँग पर्ने देखिएको छ ।
स्काई इटालीयासँग बोल्दै रोनाल्डोले रियल म्याड्रिड उत्कृष्ट टिम रहेको बताउदै रियलविरुद्ध उत्कृष्ट १६ मा भन्दा अलि पछि फेस गर्न चाहेको बताएका छन् ।
रोनाल्डोले आफ्नो इन्जुरिको बारेमा बोल्दै भने,ुमैले अहिले राम्रो अनुभव गरिरहेको छु । करिब चार साता इन्जुरिका बीच पनि खेले तर अहिले ठीक छु ।ु
अहिले युभेन्टसमा आफु दुई अर्जेन्टिनी खेलाडी डिबाला र हुगेनसँग रमाइलो गरिरहेको बताउँदै भने दुवै उत्कृष्ट खेलाडी रहेको बताए ।
च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र डिसेम्बर १६ मा हुँदै छ ।