दीपिकालाई उछिनेर आलिया भइन् कामुक महिलाको श्रेणीको अग्रपंक्तिमा

बलिउड अभिनेत्री आलिया भट्ट एसियाकी सर्वाधिक कामुक महिलाको शिर्ष स्थानमा परेकी छन् । बेलायतको ‘इस्टर्न आई’ नामक पत्रिकाले गरेको सर्वेक्षणमा गत वर्षको पहिलो नम्बरमा आएकी अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उछिन्दै आलिया पहिलो नम्बरमा परेकी हुन् ।

‘म वास्तविक सुन्दरतामा विश्वास गर्दछु । उमेरसँगै सुन्दरता र शारिरीक बनावट परिवर्तन हुन्छन् । सुन्दर हृदयले मूल्यांकन गर्ने सुन्दरतामा म विश्वास गर्दछु,’ अभिनेत्री भट्टले भनिन् । ५० कामुक महिलाको सूचीको दोस्रो नम्बरमा बलिउड अभिनेत्री दीपिका पादुकोण परेकी छन् भने तेस्रोमा टेलिभिजनकी अभिनेत्री हिना खान परेकी छन् । सूचीको चौथौं स्थानमा महिरा खान रहेकी छन् ।



‘हरेक वर्ष मलाई भोट गरेर यो सूचीमा स्थान दिने फ्यानहरुप्रति आभारी छु । मैले कहिल्यै आफूलाई कामुक ठानिन् । तर, म विश्वास गर्छु जब तपाईले गर्नुहुन्छ त्यो कामुक हुन्छ,’ अभिनेत्री पादुकोणले भनिन् ।

अनलाईन भोटिङ, मिडियाले दिएको स्थान र सामाजिक सञ्जालमा पाएको चर्चाका आधारमा एसियाको सर्वाधिक कामुक महिलाको सूची तयार गरिएको हो । इस्टर्न आइ इन्टरटेनमेन्टका सम्पादक असजद नाजिरले भने, ‘शात्तिशाली र सशक्त महिलाहरु यस सूचीमा परेका छन् । हाल बलिउड अभिनेत्री आलिया भट्टलाई उछिन्ने कोही छैनन् । व्यवसायिक फिल्ममा प्रभुत्व जमाएकी उनलाई बलिउड फिल्महरुको महारानी बन्नबाट रोक्न कसैले सक्दैन् । उनी अभिनेत्रीमात्र नभएर आधुनिक युगकी सशक्त महिला हुन र शक्तिकी प्रतीक हुन् ।’

सन् २०१९ को उत्कृष्ट १० को सूचीमा सुरभी चन्दना पाँचौ, कट्रिना कैफ छैठौं, सिवागीं जोशी सातौ, निया शर्मा आठौ, मेहविस हयात नवौ र प्रियंका चोपडा दशौं स्थानमा परेका छन् । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सूचीको ३९ औं स्थानमा परेकी छिन् ।

सम्बन्धित समाचार