बहुपति प्रथाको कथामा ‘सहायक श्रीमान्’

कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ ।

भूकम्पमा आधारित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक एवं पत्रकार गणेश पाण्डेले ‘सहायक श्रीमान्’ नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका हुन् । कुल ३५ मिनेटको सो वृत्तचित्र काठमाडौँमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार प्रदर्शनी हुँदैछ । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।



चार वर्षको मेहनत र अनुसन्धानबाट फिल्म तयार गरिएको साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेका हुन् भने यसमा प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् ।

सम्बन्धित समाचार