भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सिँढी चढ्दै गर्दा लडेका छन् । दिनहुँ सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए ।
कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए । हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे ।
प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
https://twitter.com/i/status/1205824124523696129