कुकुरकै कारण पतिसँग दिक्क प्रियंका चोपडाले डिभोर्स गर्न सक्ने

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोन्सले हालै एक तस्बिर इन्सटाग्राममा सार्वजनिक गरे । जर्मन सेफर्डसँग खिचिएको त्यो तस्बिर भाइरल पनि भयो जहाँ त्यो कुकुरको नाम थियो, गिनो जोन्स ।

निकका भाइले भनेका छन्, ‘गिनो परिवारलाई विभाजन गर्ने कारण बन्दै आएको छ ।’ निकले भने गिनोको समेत इन्स्टाग्राम ह्यान्डल बनाएर त्यसबाट पनि तस्विर सार्वजनिक गर्दै आएका छन् । यतिसम्म कि उनको गिनोको पनि इन्स्टाग्राम छ जहाँ ३ लाख भन्दा धेरै फलोअर्स छन् ।



अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रियंका निकसँग कुकुरकै कारण रिसाउँछिन् । यो कुरा निकले पनि सार्वजनिक गरेका छन् । उनीहरुबीच झगडा समेत सोही कुकुरका कारण पर्ने गरेको छ । यसैकारण प्रियंका चोपडाले निकसँग डिभोर्स गर्न सक्ने सम्भावना पनि छ ।

सम्बन्धित समाचार