अनन्या पाण्डे सैफ अली खानकी छोरी

अनन्या पाण्डले अहिलेसम्म केवल २ फिल्ममा काम गरेकी छिन् । तर उनको चर्चा बलिउडका चर्चित अभिनेत्रीको जत्तिकै हुन्छ ।

मेकरले पनि अनन्यालाई आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । हालै रिलिज भएको अनन्याको फिल्म ‘पति पत्नी और वो’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ ।



अहिले खबर आएको छ कि, अनन्याले एक थ्रीलर फिल्म साइन गरेकी छिन् । जुन फिल्ममा सैफ अली खानले अनन्याका पिताको भूमिका निर्वाह गर्नेछन् ।

भारतीय मिडियाका अनुसार यो फिल्म बाबुछोरीको सम्बन्धको वरिपरि घुम्छ । फिल्मलाई राहुल ढोलकियाले निर्देशन गर्नेछन् भने फरहान अख्तरले निर्माण गर्नेछन् ।

यद्यपि फिल्मका बारेमा औपचारिक जानकारी भने अझै आएको छैन ।

सम्बन्धित समाचार