भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण निधन भएको हो । भट्टराईको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

सम्बन्धित समाचार