साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री !

जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । उनी आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् ।

जाह्नवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छिन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् ।



खबरका अनुसार यी दुई फिल्ममा रोमान्टिक प्रेमकथासहित देखिनेछन् । अहिलेलाई यो फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि जाह्नवी पहिलो रोजाइ भने थिइनन् ।

पहिले यो फिल्म कियारा आडवाणीलाई अफर गरिएको थियो । आलिया भट्टलाई पनि फिल्मको अफर आएको थियो । दुवै नायिकाले नगरेपछि जाह्नवीले गर्ने भएकी हुन् ।

खबर छ कि यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शुटिङमा जानेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने अझै आएको छैन ।

सम्बन्धित समाचार