पूर्व प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा प्रसिद्ध अभिनेत्री जेल चलान

बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो ।

अभिनेत्री रोहगतीलाई कुनै जमानत मिल्न सकेन । उनको जमानत र्कोटले खारेज गरेर जेल सजाय सुनाइएको छ । रोहगतीले आफू पक्राउ परेको ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । ‘मलाई मोतीलाल नेहरुको विषयमा भिडियो बनाएकै कारण राजस्थान पुलिसले पक्राउ गरेको हो,’ सबै जानकारी गुगलबाट साभार गरेकी थिए, के अभिव्यक्त गर्न पाउनु ठट्टा हो ? उनले लेखेकी थिइन् ।



यसका साथै उनका पंक्ति संग्रामले पनि भारतीय पिएम मोदीलाई ट्याग गर्दै कांग्रेस शासनमा स्वतन्त्रता छैन्रु भन्दै ट्वीट गरेका छन्। रोहगतीका विरुद्धमा समाजसेवी र युथ कांग्रेस नेता चर्मेशले उजुरी गरेका हुन् । भिडियोमा भारतीय पूर्व पिएम लाल बहादुर शास्त्रीको निधनको विषयमा यस्ता भ्रामिक जानकारी छन् जसले विदेशी सम्बन्धमा नराम्रो असर पार्न सक्छ।

सम्बन्धित समाचार